• गृहपृष्ठ
  • नेप्से बढ्यो , एकैदिन १८ अर्ब २० करोड रुपैयाँको सेयर कारोवार

नेप्से बढ्यो , एकैदिन १८ अर्ब २० करोड रुपैयाँको सेयर कारोवार

Aug 17th, 2021

काठमाडौ, भदौ १

नेप्से आज मंगलबार पनि बढेको छ । आज नेप्से शुन्य दसमलव २३ अंकले बढेर तीन हजार एक सय ६० दसमलव ३१ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ३५ अंकले बढेर पाँच सय ९३ दसमलव २८ अंकमा चढेको छ । दुुुई सय २१ वटा कम्पनीहरुको एक लाख ६१ हजार सात सय २१ पटकको कारोवारमा तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता सेयर किनबेच हुंदा कुुल सेयर कारोवार रकम १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुुई सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले गुमाएकाछन भने छ वटा समुहले कमाएकाछन । त्यसमध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव १८ अंकले घटेर दुुई हजार ८३ दसमलव ८३ अंकमा झर्दा निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि उच्च अंकले घटेकाछन । बिकास बंैंक समुहको सुचक भने दुई सय ९२ दसमलव ७३ अंकले बढेर पाँच हजार नौ सय ५७ दमसलव ८७ अंकमा चढेकोमा जलबिद्युुत, फाईनान्स, लघुुबित्त र लगानी समुहहरुको सुचक भने उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा एनआईबिएल प्रगती फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।