झण्डै छ अंकले बढ्यो नेप्से

Aug 16th, 2021

काठमाडौं, साउन ३२

अघिल्लो दिन घटेको नेप्से आज सोमबार झण्डै छ अंकले बढेको छ । आज नेप्से पाँच दसमलव ७२ अंकले बढेर तीन हजार एक सय ६० दसमलव पाँच अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि तीन दसमलव ५६ अंकले बढेर पाँच सय ९२ दसमलव ९३ अंकमा पुुगेको छ । दुुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार ९३ पटकको कारोवारमा दुुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा १३ वटा समुहको कारोवार हुंदा आज सात वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक भने घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ३३ अंकले घटेर दुुई हजार एक सय छ दसमलव ५२ अंकमा झरेकोमा निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने ७४ दसमलव ७३ अ्रंकले बढेर पाँच हजार छ सय ६३ दमसलव ७८ अंकमा चढेकोमा जलबिद्युुत, लघुबित्त, टे«डिङ, उत्पादनमुलक, अन्य र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।