• गृहपृष्ठ
  • नेप्से उच्च अंकले घट्दा कारोवार रकम भने २१ अर्ब नाघ्यो

नेप्से उच्च अंकले घट्दा कारोवार रकम भने २१ अर्ब नाघ्यो

Aug 15th, 2021

काठमाडौ, साउन ३१

नेप्से उच्च अंकले घटेपनि कारोवार रकम भने बढेको छ । नेप्सेमा आज २४ दसमलव ८८ अंकले घटेर तीन हजार एक सय ५४ दसमलव तीन अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव नौ अंकले घटेर पाँच सय ८९ दसमलव २८ अंकमा झरेको छ । दुुई सय २२ वटा कम्पनीहरुको एक लाख ८९ हजार सात सय ३६ पटकको कारोवारमा तीन करोड ५५ लाख ५० हजार छ सय ८८ कित्ता सेयर किनबेच हुंदा आज कारोवार रकम २१ अर्ब ६४ करोड ७६ लाख छ सय ५५ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १० वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव १५ अंकले घटेर दुुई हजार एक सय १७ दसमलव ९४ अंकमा झरेको छ भने जलबिद्युुत समुहको सुचक पनि एक सय ५७ दसमलव ४१ अंकले घटेर तीन हजार छ सय ५५ दसमलव ५२ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन । उत्पादनमुलक, लघुबित्त र लगानी समुहको सुचक भने आज बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईबिएल प्रगती फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने नेपाल बैंक लिमिटेड परेको छ ।