• गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि

नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि

Aug 12th, 2021

काठमाडौ, साउन २८

नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन । आज बिहिबार नेप्से १६ दसमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा चढेकोमा सेन्सिटिभ पनि पाँच दसमलव ४६ अंकले बढेर पाँच सय ९१ दसमलव १६ अंकमा चढेको छ । दुुई सय २५ वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ६० पटकको कारोवारमा तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्तँ सेयर किनबेच हुदा आज कुुल कारोवार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले कमाएकाछन भने छ वटाले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ९९ अंकले बढेर दुुई हजार एक सय २४ दसमलव ९४ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । जलबिद्युत समुहको सुचक भने २४ दसमलव आठ अंकले घटेर तीन हजार आठ सय १३ दसमलव छ अंकमा झरेकोमा निर्जिवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, अन्य र लघुबित्त समुहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट बैकको कन्र्भटेवल प्रिफरेन्स सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।