• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा नवनिर्मित भवनको समुद्धघाटन

प्रहरी महानिरीक्षक क्षेत्रीबाट जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा नवनिर्मित भवनको समुद्धघाटन

Aug 12th, 2021

सुनसरी, साउन २८

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको बिहीबार आयोजित एक कार्यक्रमबीच समुद्घायटन गर्नुभएको छ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा सहयोग गर्ने पालिका प्रमुखहरुलाई सम्मानपत्र, उत्कृष्ट कार्य गर्ने प्रहरी तथा सहयोगीहरुलाई प्रशंसापत्र र निर्माण व्यवसायीहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयता बढाउनु पर्नेमा जोड दिनुभयो ।

गत वर्ष भन्दा यस आर्थिक वर्षमा अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई बस्तुगत एवं प्रविधियुक्त बनाउनुका साथै राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्दा लगायतका गतिविधिमा हरेक महिनाको अन्तमा मूल्याङ्कदन गर्ने गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभागी हुन सबैमा अनुरोध समेत गर्नुभयो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख संजय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी निरीक्षक ई. नितिन कुमार लाखेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ३६ लाख ६७ हजार १ सय २० रुपैयाँ ७३ पैसाको लागतमा १६ कठ्ठा ५ धुर जग्गामा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।
भवन उद्घाुटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालयमा सुनसरी तथा मातहत कार्यालयमा कार्यतर प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभएको थियो ।