• गृहपृष्ठ
  • के.जी.इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको एसवाईएमको शोरुम बिहीबार उद्घाटन हुने

के.जी.इन्टरकन्टिनेन्टलले नेपाल भित्र्याएको एसवाईएमको शोरुम बिहीबार उद्घाटन हुने

Aug 11th, 2021

काठमाडौ, साउन २७

के.जी. इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा भित्र्याएको एस .वाई .एम कम्पनीको मोटरसाइकलको शोरुम बिहीबार उद्घाटन हुने भएको छ । एसवाईएम बाइक भित्रिएसँगै कम्पनीले पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा सञ्चालनमा ल्याउन लागेको हो । शोरुम शुक्रबार भर्चुअल कार्यक्रम गरी उद्घाटन गर्न लागिएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।

एसवाईएम ताइवानको उत्पादन हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । पहिलो चरणमा कम्पनीले एसवाईएम एनएचटी २०० बाइक नेपाली बजारमा भित्र्याएको छ । अन्य देशमा जस्तै यो मोटरसाइकल नेपाली बजारमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।
यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

कमलपोखरीसँगै कम्पनीले चाबहिल, शंखुवासभा र इलाममा पनि शोरुम सञ्चालनमा ल्याउँदैछ । देशभर शोरुम विस्तार गरिने खत्रीले बताइन् । पहिलो चरणमा टेष्ट ड्राइभ गर्न सकिने र बुकिङ गर्ने ग्राहकलाई छिट्टै बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख रुपैयाँ तोकिएको छ । पहिलो सय जना ग्राहकले ५ लाख ४८ हजार ८ सय ८८ रुपैयाँमा बाइक खरिद गर्न सक्नेछन् । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ ।
स्पेयर्स पार्टस्समेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।