• गृहपृष्ठ
  • शुन्य दसमलव ९४ अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

शुन्य दसमलव ९४ अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

Aug 11th, 2021

काठमाडौ, साउन २७

नेप्से बढेको छ । आज बुुधबार नेप्से शुन्य दसमलव ९४ अंकले बढेर तीन हजार एक सय ६२ दसमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ भने दुुई दसमलव ३८ अंकले घटेर पाँच सय ८५ दसमलव ७१ अंकमा झरेको छ । आज दुुई सय ३० वटा कम्पनीहरुको एक लाख ३९ हजार दुई सय १८ पटकको कारोवारमा दुई करोड ७२ लाख ९८ हजार छ सय २४ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार चार सय ५४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव १७ अंकले घटेर दुुई हजार एक सय १५ दसमलव ९५ अंकमा झरेको छ भने बिकास बैंक, फाईनान्स, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन । जलबबिद्युुत समुहको सुचक भने आज एक सय ४४ दसमलव ७९ अंकले बढेर तीन हजार आठ सय ३७ दसमलव १५ अंकमा पुग्दा होटल तथा पर्यटन, निर्जिवन बीमा, जीवन बीमा र लघुुबित्त समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।