• गृहपृष्ठ
  • विशिष्ट स्वाद र उत्कृष्ट अनुभव पस्किँदै नेपालमा बनेको मार्सी बियर सर्वत्र उपलब्ध

विशिष्ट स्वाद र उत्कृष्ट अनुभव पस्किँदै नेपालमा बनेको मार्सी बियर सर्वत्र उपलब्ध

Aug 9th, 2021

काठमाडौं, साउन २२
नेपाली हिमाली भेग जुम्लामा फलेको उच्चस्तरीय चालमले बनेको मार्सी बियर, नाममात्रले नेपाली होइन पौरखी हातहरूले मिहिनेत गरेर उत्पादन गरेको यस्तो नेपाली बियर हो, जुन स्वाद र अनुभवमा पनि नेपाली नै छ ।

टाइगर्स ब्रुअरीको एक उत्कृष्ट उत्पादन मार्सी बियर अब नेपाली बजारमा सर्वत्र उपलब्ध छ । “मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै नै सोही मार्सी चामलले नै बनेको मार्सी बियर पनि अब – मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारमा बजारमा उपलब्ध छन् ।

मार्सी बियर विशुद्ध नेपाली उत्पादन हो । नेपालमा नै केही गर्छु र नेपालीहरूकै लागि केही गर्छु भन्ने चाहना र हुटहुटी भएका मनैले नेपाली पारखीहरूका लागि मार्सी बियर पहिलो र सर्वोत्कृष्ट रोजाइ हुन सक्छ । नेपाली माटोको स्वाद लिएर बजारमा आएको मार्सी बियर अन्य बियरहरूभन्दा बिछट्टै फरक स्वादको पनि छ । ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध मार्सी बियर जमघटहरूमा होओस् वा बियरको आनन्द लिनेहरूका लागि होओस्, सबै अवसरहरूका लागि उपयुक्त छ ।

मार्सी बियरको विशेषता –मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको छ । साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन् जसमा अन्न आफैको स्वाद आउँदैन । तर मार्सी बियरले “नेपाली माटोको स्वाद” अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको छ । यसरी जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरहरूभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा सो स्वाद रहिरहने जानकारी बियरका विज्ञहरूले वैज्ञानिक रूपमा नै प्रमाणित गरिसकेका छन् ।