झण्डै दुई अंकंले बढ्यो नेप्से

Aug 9th, 2021

काठमाडौ, साउन २५

नेप्से बढेको छ । आज सोमबार नेप्से एक दसमलव ५४ अंकले बढेर तीन हजार एक सय नौ दसमलव ६६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने दुई दसमलव पाँच अंकले घटेर पाँच सय ७५ दसमलव ९५ अंकमा झरेको छ । दुुई सय २४ वटा कम्पनीहरुको एक लाख २८ हजार नौ सय ५९ पठकको कारोवारमा दुुई करोड ५३ लाख ९३ हजार छ सय ९९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको हुंदा नौ वटा समुहको सुचक घटेकाछन भने चार वटा समुहको बढेकाछन । बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव आठ अंकले घटेर दुुई हजार ९० दसमलव ६८ पुग्दा बिकास बैंक, होटल तथा पर्यटन, लघुुबित्त, टे«डिङ, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज एक सय १९ दसमलव ५७ अंकले बढेर तीन हजार छ सय ९३ दसमलव ८० अंकमा चढेकोमा फाईनान्स, निर्जिवन बीमा र जीवन बीमा समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनियन नेपाल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ बैंकको ऋणपत्र पहिलो स्थानमा परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।