नेप्से १६ अंकले घट्यो

Aug 5th, 2021

काठमाडौ, साउन २१

नेप्से घटेको छ । नेप्से आज बिहिबार नेप्से १६ अंकले घटेर तीन हजार एक सय सात दसमलव ४५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ६४ अंकले बढेर पाँच सय ७९ अंकमा चढेको छ । दुुई सय २६ वटा कम्पनीहरुको एक लाख ३५ हजार ४२ पटकको कारोवारमा दुुई करोड ८८ लाख ४५ हजार चार सय ३१ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार नौ सय ६५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा बाँँणिज्य बैंक र बिकास बैंक समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुुचक उच्च अंकले घटेकाछन । सो मध्ये जलबिद्युुत समुहको सुचक ७६ दसमलव २४ अंकले घटेर तीन हजार चार सय ५९ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दसमलव ९७ अंकले घटेर १४ हजार छ सय ५८ दसमलव १७ अंकमा झरेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।