नेप्से सुचक तथा कारोवार रकम दुबै बढ्यो

Aug 4th, 2021

काठमाडौ, साउन २०

नेप्से सुचक तथा कारोवार रकम दुबै बढेकाछन । आज बुधबार नेप्से १२ दसमलव १५ अंकले बढेर तीन हजार एक सय २३ दसमलव २४ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७१ अंकले बढेर पाँच सय ७८ दसमलव २३ अंकमा चढेको छ । दुुई सय २५ वटा कम्पनीहरुको एक लाख ४४ हजार आठ सय ८७ पटकको कारोवारमा दुुई करोड ८८ लाख १३ हजार आठ सय ३१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार दुुई सय ७१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज छ वटा समुहको सुचक बढेकाछन भने सात वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव २९ अंकले बढेर दुुई हजार एक सय दुुई दसमलव ७० अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ९४ दसमलव सात अंकले बढेर तीन हजार पाँच सय ३५ दसमलव २९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने ८२ दसमलव ९८ अंकले घटेर १४ हजार सात सय आठ दसमलव ४६ अंकमा पुग्दा जीवन बीमा, लघुबित्त, टे«डिङ, होटल तथा पर्यटन, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने लक्ष्मी लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर कम्पनी परेको छ ।