• गृहपृष्ठ
  • सानिमा लाईफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको साधारण सेयर खुल्ला

सानिमा लाईफ इन्स्योरेन्सको ६० करोड रुपैयाँको साधारण सेयर खुल्ला

Aug 4th, 2021

काठमाडौ, साउन २०

सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ६० करोड रुपैयाँ बराबरको साधारण सेयरको बिक्री आज बुुधबारबाट खुल्ला भएको छ । कम्पनीको बिक्री प्रर्वन्धक प्रभुु क्यापिटल लिमिटेड मार्फत एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

लगानीकर्ताहरुले न्युनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुुने छ । अधिकृत पुंजी तीन अर्ब तथा जारी पुंजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी दुई अर्ब रुपैयाँ पुुग्ने छ ।

आजबाट बिक्री खुल्ला भएको कुुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन लाख कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन लाख कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुुने छ ।