नेप्सेमा २६ अंकले बृद्धि

Aug 3rd, 2021

काठमाडौं, साउन १९

नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से २६ दसमलव दुई अंकले बढेर तीन हजार एक सय ११ दसमलव नौ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव छ अंकले बढेर पाँच सय ७७ दसमलव ५२ अंकमा चढेको छ । दुुई सय २३ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय २० पटकको कारोवारमा दुुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार सात सय ७४ रुपैयाँ ६६ पैसा पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा बिकास बैंक र सामुहिक लगानी कोष समुहरुको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ३४ अंकले बढेर दुुई हजार ९८ दसमलव ४१ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ६६ दसमलव ८४ अंकले बढेर तीन हजार तीन सय ४१ दसमलव २३ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जीवन बीमा, लघुुबित्त, निर्जिवन बीमा, लगानी, उत्पादनमुलक, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर कम्पनी परेको छ ।