चार अंकले बढ्यो नेप्से

Aug 2nd, 2021

काठमाडौ, साउन १८

नेप्से बढेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से चार दसमलव छ अंकले बढेर तीन हजार ८५ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव तीन अंकले बढेर पाँच सय ७२ दसमलव ४६ अंकमा चढेको छ । दुई सय २६ वटा कम्पनीहरुको एक लाख पाँच हजार पाँच सय ७९ पटकको कारोवारमा दुुई करोड १८ लाख ९४ हजार दुई सय नौ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा पाँच वटा समुहको सुचक बढेकाछन भने आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ९१ अंकले बढेर दुुई हजार ९६ दसमलव एक अंकमा चढेकोमा फाईनान्स, लघुबित्त, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज ६१ दसमलव ५१ अंकले घटेर चार हजार आठ सय ५० दसमलव दुुई अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, जलबिद्युुत, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गुराँस लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण कावेली पावर लिमिटेड परेको छ ।