एक दसमलव २५ अंकले बढ्यो नेप्से

Aug 1st, 2021

काठमाडौं, साउन १७

नेप्से बढेको छ । साताको पहिलो कारोावार दिन आज आईतबार नेप्से एक दसमलव २५ अंकले बढेर तीन हजार ८१ दसमलव पाँच अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव २४ अंकले बढेर पाँच सय ७२ दसमलव १५ अंकमा चढेको छ । आज दुुई सय २६ वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ९० पटककको कारोवारमा तीन करोड तीन लाख ४२ हजार तीन सय ५२ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार अठ सय ६२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहले गुमाएकाछन भने छ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ६३ अंकले घटेर दुुई हजार ९४ दसमलव १८ अंकमा पुुगेकोमा निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने १९ दसमलव २७ अंकले बढेर चार हजार नौ सय १० दसमलव ७२ अंकमा चढेकोमा जलबिद्युुत, लघुबित्त, टे«डिङ, उत्पादनमुलक र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लक्ष्मी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर डेभलपमेन्ट कम्पनी परेको छ ।