• गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकम दुुबै घट्यो

नेप्से सुचक तथा कारोवार रकम दुुबै घट्यो

Jul 29th, 2021

काठमाडौ, साउन १४

साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै घटेको छ । आज नेप्से १५ दसमलव ११ अंकले घटेर तीन हजार ७९ दसमलव ८३ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ४७ अंकले घटेर पाँच सय ७० दसमलव ८५ अंकमा झरेको छ । दुुई सय १७ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय ८२ पटकको कारोवारमा दुई करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ भने कुल कारोवार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र बिकास बैंक समुहको सुचकहरु बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ४४ अंकले घटेर दुई हजार ९९ दसमलव ५८ अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ६९ दसमलव ५७ अंकले घटेर १४ हजार नौ सय ९४ दसमलव एक अंकमा झरेको छ । यसैगरी जलबिद्युत, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा रिडी हाईड्रो डेभलपर कम्पनी परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा भने गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पनि आज गुडविल फाईनान्स नै परेको छ ।