• गृहपृष्ठ
  • मैलुुङ खोला जलबिद्युुतको सात करोड ३६ लाख रुपैयाँको सेयर खुल्यो

मैलुुङ खोला जलबिद्युुतको सात करोड ३६ लाख रुपैयाँको सेयर खुल्यो

Jul 29th, 2021

काठमाडौ, साउन १४

मैलुङ खोला जलबिद्युुत कम्पनीले सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाको साधारण सेयरको आजबाट बिक्री खुल्ला गरेको छ । कम्पनीले आज बिहिबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी सात लाख ३६ हजार दुुई सय ८६ कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

कुुल सेयर मध्येमा दुुई प्रतिसत अर्थात १४ हजार सात सय २६ कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन हजार छ सय ८४ कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी छ लाख ८४ हजार सात सय ४६ कित्ता सर्वसाधारणको लागि बिक्री छुट्याईएको कम्पनीले जनाएको छ ।

बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द हुुने छ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन ।

अधिकृत पुंजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुंजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुंजी २९ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ३६ करोड ८१ लाख ४३ हजार चार सय रुपैयाँ पुग्ने छ ।