एकैदिन २९ अंकले बढ्यो नेप्से

Jul 27th, 2021

काठमाडौ, साउन १२

नेप्से उच्च अंकले बढेको छ । साताको तेस्रो दिन आज मंगलबार २९ दसमलव २४ अंकले बढेर तीन हजार ७९ दसमलव ६७ अंकमा चढेको छ भने सेन्सिटिभ पनि तीन दसमलव १९ अंकले बढेर पाँच सय ७४ दसमलव ३० अंकमा चढेको छ । दुुई सय २५ वटा कम्पनीहरुको एक लाख ४१ हजार छ सय २५ पटकको कारोवारमा तीन करोड २३ लाख ५५ हजार दुुई सय ६० कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम १५ अर्ब १७ करोड छ लाख ५१ हजार छ सय ४३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहले गुमाएकाछन भने नौ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक तीन दसमलव ६३ अंकले घटेर दुुई हजार एक सय २८ दसमलव ३४ अंकमा झरेको छ भने लघुबित्त, टे«डिङ र होटल तथा पर्यटन समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने ३५ दसमलव ५७ अंकले बढेर चार हजार सात सय ८९ दसमलव ५५ अंकमा चढेकोमा जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सर्पोट माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक पहिलो स्थानमा परेको छ ।