• गृहपृष्ठ
  • आइतबार थप २ हजार २३७ जनामा कोरोना सङ्क्रमण, २०५० जना डिस्चार्ज, १८ को मृत्यु

आइतबार थप २ हजार २३७ जनामा कोरोना सङ्क्रमण, २०५० जना डिस्चार्ज, १८ को मृत्यु

Jul 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १०

आइतबार थप २ हजार २३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ८३४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ८० हजार ५५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ८३४ जनाको परीक्षण भएको छ । हालसम्म ३५ लाख ३९ हजार ८३ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २०५० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २०५० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ४३ हजार ६१५ पुगेको छ ।

थप १८ को मृत्यु

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ७१३ पुगेको छ।