नेप्से तीन हजार अंकको उच्च बिन्दुमा

Jul 25th, 2021

काठमाडौ, साउन १०

नेप्से तीन हजार अंकको उच्च अंकमा पुुगेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार एकै दिन नेप्से ५४ दसमलव ३१ अंकले बढेर तीन हजार ५८ दसमलव ६३ अंकमा चढेको छ भने सेन्सिटिभ पनि ११ दसमलव ७४ अंकले बढेर पाँच सय ७४ दसमलव दुई अंकमा चढेको छ । दुुई सय २३ वटा कम्पनीहरुको एक लाख ४० हजार ४७ पटकको कारोवारमा चार करोड ४१ लाख १४ हजार सात सय ६० कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम १४ अर्ब ३० करोड २३ लाख ६५ हजार एक सय ४८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक ७२ दसमलव १४ अंकले बढेर २१ सय ७५ दसमलव १४ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ७१ दसमलव छ अंकले बढेर तीन हजार ६८ दसमलव ९४ अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कुमारी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक लिमिटेड परेको छ ।