• गृहपृष्ठ
  • फुडमाण्डु र इसेवाबिच सम्झौता, फुडमाण्डुमा इसेवा मार्फत भुक्तानी गर्द तीन सय रुपैयाँसम्मको छुट पाइने

फुडमाण्डु र इसेवाबिच सम्झौता, फुडमाण्डुमा इसेवा मार्फत भुक्तानी गर्द तीन सय रुपैयाँसम्मको छुट पाइने

Jul 25th, 2021

काठमाडौ, साउन १०

नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको पहिलो र अग्रणी मोबाइल वालेट इसेवाबिच सहकार्य भएको छ । आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरु बिचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवा बिच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो ।

सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्डूमा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए । हाम्रोमा अहिले ३० प्रतिशत भन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ । यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ । इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर मालीले भने ।

सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ । इसेवाका बिजिनेस डिभेलपमेन्ट हेड, अशिष प्रशाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने अपेक्षा गरकाछन् । कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्कभएको इसेवा जोडिन पाउँदा खुशी भएका छौं ।
यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ । यस अवसर पारेर फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा तीन सय रुपैयाँसम्मको छुट दिने घोषणा गरेको छ ।