• गृहपृष्ठ
  • कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु,परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा

कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु,परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा

Jul 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, साउन ५

कोरोनाका कारणले रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ। मंगलबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ।

कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो।अब मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ। विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् ।

परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ ।बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ। संक्रमणको दर कम भएसँगै भौतिक रुपमै परीक्षा सञ्चालन गर्न लागिएको कक्षा १२ को परीक्षामा यस पटक तीन लाख ८६ हजार विद्यार्थीको सहभागिता रहने बोर्डले जनाएको छ ।