• गृहपृष्ठ
  • कोका–कोलाको नयाँ टेलिभिजन विज्ञापन ‘घरमा साथ कोक सँग खास’

कोका–कोलाको नयाँ टेलिभिजन विज्ञापन ‘घरमा साथ कोक सँग खास’

Jul 19th, 2021

काठमाडौ, साउन ४

बितेको बर्षमा महामारीले मानिसहरुको जीवन र सम्बन्धमा परिवर्तन ल्याएको छ । यद्यपि त्यहाँ धेरै आशाका किरणहरु छन् किनकि यस महामारीले हामीलाई एकछिन विश्राम गरेर साँच्चिकै प्रियजनहरूसँग एकताका क्षणहरू मनाउने समयप्रदान गरेको छ । कोका–कोलाको नयाँ टिभीसीमा भावनाहरु झल्किएको देखिन्छ जसमा घरमा पकाएको खानाको साथ रिफ्रेसिंङ कोकका ेस्वादसँग मज्जा लिएको देख्न पाइन्छ । ‘घरमा साथ कोक सँग खास’ ट्यागलाइनका साथ यस अभियानले टुगेदर टेस्ट बेटर भन्ने सन्देश प्रदान गरेको छ । यसलेहामी हाम्रा प्रियजनहरूसँग हुँदा हाम्रो घरमा पकाएको खाना, स्वाद र एकताकोकको साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको छ ।

यो विज्ञापनमा विभिन्न नेपाली खानाहरुदेख्न सकिन्छ जसमा तीन परिवार र साथीहरूको समूहले विभिन्न परिकारहरुको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेका छन् । टिभीसीमा जुन दिन संसार बन्द भयो त्यो दिन हामीले कहाँ जाने थाहा पायौँ भन्ने देखाइएको छजसमा लकडाउनलाई उल्लेख गर्दै हाम्रो कार्यमा फेरि अघि बढ्नु पर्छ भन्ने सन्देश प्रदान गरेको छ । भिडियोमा भावनात्मक सन्देश प्रस्तुत गरिएको छ, अब हामीले प्लेटमा खाना खेर फाल्न छोडेका छाँै किन कि हामीले हरेक पललाई स्वादिलो बनाउन सिकेका छौैं । जसले हामीले साधारण चीजहरूलाई पुनःपत्ता लगाएर त्यसको सराहना गरेको कुरा झल्काएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीलेले भने, महामारीको सिकार हुँदा मानिसहरूले आफ्ना परिवारसँग मिलेर नयाँ नयाँ परिकारहरुको परिक्षण गर्दे विभिन्न खानाहरु बनाउन सिक्दै गएँ, जो जसको पहिले खाना बनाउनेमा रुचि थिएन उनीहरु पनि यसमा अग्रसर हुँदै गए । यो नयाँ विज्ञापन यी क्षणहरूबाट प्रेरित छ जुन हामीमाझ सँधै रहन्छ । कोक यी मनमोहक क्षणहरूको एक हिस्सा भएको छ । परिवारहरूले खाना पकाउने, खाने र घरमा सँगै बन्धन जारी राख्ने क्रममा, हामी आशा गर्दछौं कि यस भिडियोको अन्तर्निहित भावनाले मानिसहरूकोमन मुटुलाई छुनेछ र उनीहरूलाई आफ्नो घरको खाना खादाँ कोकको बोतलको आवश्यकताको महसुस हुनेछ ।

टीभीसी कोका–कोलाको विश्वव्यापी अभियान, टुगेदर टेस्ट बेटर र नेपालको स्थानीयकृत कोक एण्डमिल्सको विस्तार हो जसमा देशको संस्कृति, खाना र जनताको प्रतिबिम्बि झल्किएको छ। यस अभियानको माध्यमबाट, कोका–कोलाको उद्देश्य भनेको कोका–कोलाको साथ घरमै पकाएको खानामा एकरूपता मनाउन मानिसहरूलाई प्रेरित गर्नु हो र अभूतपूर्व समयको विशेष क्षणहरूलाई सम्झनु हो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डे भने, हामी धेरै समय घरमै बिताउँदा हामीले खाना पकाउने र सँगै खाने जस्तो विशेष र साधारण क्षणहरूलाई पुनः जगाउँदछौं र कोका–कोला सधैं पेय पदार्थको नाममा एक पर्फेक्ट बेभेरेजको रुपमा चिनिदै आएको छ । यस टिभीसी मार्फत हामी उपभोक्ताहरूलाई घरमा पकाएको खाना र कोकको रिफ्रेसिंङ स्वादका साथ नजिकका र प्रियजनहरूका साथ क्षणको कदर गर्न प्रेरित गर्दछौ ।