नेप्सेमा १४ अंकले बृद्धि

Jul 19th, 2021

काठमाडौ, साउन ४

नेप्सेमा १४ अंकले बृद्धि देखिएको छ । साताको दोस्रो दिन आज सोमबार नेप्से १३ दसमलव ९७ अंकले बढेर दुई हजार नौ सय ९४ दसमालव ५८ अंकमा चढेकोमा सेन्सिटिभ भने शुन्य दसमलव शुन्य दुुई अंकले घटेर पाँच सय ६० दसमलव ९४ अंकमा झरेको छ । दुुई सय १९ वटा कम्पनीहरुको १० लाख सात हजार सात सय ९७ पटकको कारोवारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर किनबेच हुंदा आज कुुल कारोवार रकम ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार छ सय सात रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक घटेपनि आठ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुुचक १० दसमलव ८४ अंकले बढेर दुुई हजार ६८ दसमलव २२ अंकमा पुग्दा निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने १८ दसमलव तीन अंकले घटेर चार हजार आठ सय २९ दसमलव १७ अंकमा झरेकोमा जलबिद्युुत, फाईनान्स, होटल तथा पर्यटन र लघुुबित्त समुहहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सनराईज बैैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक परेको छ ।