• गृहपृष्ठ
  • आइतबार थप १ हजार ८०१ जनामा कोरोना सङ्क्रमण, १६६७ जना डिस्चार्ज, २३ को मृत्यु

आइतबार थप १ हजार ८०१ जनामा कोरोना सङ्क्रमण, १६६७ जना डिस्चार्ज, २३ को मृत्यु

Jul 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३

आइतबार थप १ हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ९ हजार ६२८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ६७ हजार १०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ६२८ जनाको परीक्षण भएको छ । हालसम्म ३४ लाख ६९ हजार ६८५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १६६७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १६६७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या छ लाख ३२ हजार ७४ पुगेको छ ।

थप २३ को मृत्यु

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ५५० पुगेको छ।