सामान्य अंंकले बढ्यो नेप्से

Jul 14th, 2021

काठमाडौ, असार ३०

नेप्से सामान्य अंकले बढेको छ । आज बुुधबार नेप्से एक दसमलव शुन्य एक अंकले बढेर २८ सय ७२ दसमलव पाँच अंकमा चढेकोमा सेन्सिटिभ भने शुन्य दसमलव १४ अंकले घटेर पाँच सय ३९ दसमलव ३८ अंकमा झरेको छ । दुुई सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय ९१ पटकको कारोवारमा चार करोड ४७ लाख ३६ हजार पाँच सय ३० कित्ता किनबेच भएकाछन भने सेयर कारोवार रकम पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार दुुई सय पाँच रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा आज आठ वटा समुहको समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक छ दसमलव २२ अंकले घटेर १९ सय ५७ दसमलव ९६ अंकमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युुत, फाईनान्स, होटल तथा पर्यटन, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमालयन पावर पार्टनर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नबिल व्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज गोर्खाज फाईनान्स परेको छ ।