• गृहपृष्ठ
  • प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन

प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन

Jul 13th, 2021

काठमाडौं, असार २९

प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७७ असोज ३० गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशन गरिएको छ ।

लिखित परीक्षामा उत्तीण हुने उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा आगामी साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरू प्रदेश प्रहरी तालिम केन्र्म विराटनगर, जनकपुर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा संचालन हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ । साथै उक्त नतिजाको पूर्ण विबरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।