• गृहपृष्ठ
  • डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि एफएमएनडब्लु सँग सहकार्य गर्दै

डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि एफएमएनडब्लु सँग सहकार्य गर्दै

Jul 13th, 2021

काठमाडौ, असार २९

डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रम गर्न एफएमएनडब्ल्यू (पूर्व मिस नेपालहरुको सामाजिक संस्था) सँग सहकार्य गरेको छ । यो छात्रवृत्तिले कोभिड १९ले बुवाआमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्दछ । छात्रवृत्ति कार्यक्रम कुनै पनि व्यक्ति वा संगठन को चन्दा स्वागत छ ।

इच्छुक व्यक्तिवा संस्थाले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडमा डीएम फाउन्डेशनको आधिकारिक बैंक खातामा यस कार्यक्रमको लागि रकम पठाउन सक्दछन् । यो रकम आधिकारिक वेबसाइटमा सूचीबद्ध सेलपे, फोनेपे र ई–सेवाको क्यूआर कोड स्क्यान गरेर पनि पठाउन सकिन्छ । डब्लु डब्लुु आईएमएस डट एनपी डट कममा छात्रवृत्तियोग्य विद्यार्थीहरूले माथि उल्लेखित आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्छन । योग्य हुनको लागि, विद्यार्थीले कोभिड १९मा एक वा दुवै अभिभावक गुमाएको हुनु पर्दछ । बच्चाहरू हाम्रो देशको भविष्य हुन् र शिक्षाले उनीहरूको समृद्धिमा मद्दत गर्दछ भन्ने विश्वासमा डीएम फाउन्डेसन एफएमएनडब्ल्यू छात्रवृत्तिमार्फत धेरै भन्दा धेरै बच्चाहरूलाई सहयोग गर्न समर्पित हुनेछ ।

एफएमएनडब्ल्यू विभिन्न सामाजिक कारणहरुमा निरन्तर संलग्न रहन्छ जस्तै जागरूकता बढाउने, वातावरणीय अभ्यास जस्तै बृद्धि गर्नु, युवा प्रेरणाका लागिकार्यक्रम सञ्चालन, क्यान्सर जागरूकता र कोष संकलनकर्ता। महामारीको समयमा एफएमएनडब्ल्यूले देशको विभिन्नभागमा राहत पु¥याउन केहीउल्लेखनीयकाम गरेको छ । डीएम फाउन्डेशनले २०१४ एडीमा डीएम छात्रवृत्ति सुरु गरेको थियो, फाउन्डेशनले २०७० सालको भूकम्पको समयमा राहत वितरणको कार्यक्रमहरू सुरु गरेको थियो र त्यसबेलादेखि प्राकृतिक प्रकोपमा योगदान पु¥याउदै आइरहेको छ । एफएमएनडब्ल्यू छात्रवृत्ति एक राष्ट्रिय परियोजनाहो जुन डीएम फाउन्डेशन र एफएमएनडब्ल्यूले आरम्भ गरेको हो, तर यसलाई सफल बनाउन देश र विदेशमा रहेका नेपाली दाताहरूको सहयोग अपरिहार्य छ ।