• गृहपृष्ठ
  • नेप्सेमा ४५ अंकको उच्च गिरावट, सबै सुचक रातै

नेप्सेमा ४५ अंकको उच्च गिरावट, सबै सुचक रातै

Jul 12th, 2021

काठमाडौ, असार २८

नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार ४५ दसमलव छ अंकले घटेर २८ सय ५४ दसमलव ७६ अंकमा झर्दा सेन्सिटिभ पनि आठ दसमलव ६२ अंकले घटेर पाँच सय ३४ दसमलव ८१ अंकमा झरेको छ । दुुई सय २९ वटा कम्पनीहरुको ९२ हजार एक सय ९२ पटकको कारोवारमा दुुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम नौ अर्ब ९८ करोड २६ हजार पाँच सय २७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सामुुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव पाँच अंकले घटेर १९ सय ५० दसमलव सात अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ६० दसमलव १३ अंकले घटेर २७ सय ४७ दसमलव ५६ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहरुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा समृद्धि फाईनान्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनियन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज निर्धन उत्थान लघुुबित्त बित्तीय संस्था परेको छ ।