नेप्सेमा २३ अंकको उच्च बृद्धि

Jul 8th, 2021

काठमाडौ, असार २४

नेप्से उच्च अंकले बढेको छ । अघिल्ला दिनहरुमा निरन्तर घटेको नेप्से आज बिहिबार भने २३ दसमलव ७६ अंकले बढेर २८ सय २४ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ४१ अंकले बढेर पाँच सय २९ दसमलव ६६ अंकमा चढेको छ । दुुई सय २३ वटा कम्पनीहरुको ५१ हजार आठ सय ६८ पटकको कारोवारमा एक करोड ३१ लाख ४३ हजार दुुई सय ४० कित्ता सेयर खरिद किनबेच हुंदा आज कारोवार रकम चार अर्ब ८१ करोड ५५ लाख २० हजार दुई सय ९४ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको हुंदा टे«डिङ र अन्य समुहले गुमाएकाछन भने बाँकी ११ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ८१ अंकले बढेर १९ सय २७ दसमलव ४४ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक ५२ दसमलव छ अंकले बढेर २७ सय २८ दसमलव आठ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा गुह्ेश्वरी मर्चेन्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक परेको छ ।