कमाउने भन्दा गुमाउने समुह धेरै

Jul 6th, 2021

काठमाडौ, असार २२

नेप्से आज पनि घटेको छ । आज मंगलबार नेप्से पाँच दसमलव २४ अंकले घटेर २८ सय १८ दसमलव १० अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ९७ अंकले घटेर पाँच सय २६ दसमलव ७५ अंकमा झरेको छ । दुुई सय २० वटा कम्पनीहरुको ४६ हजार तीन सय १० पटकको कारोवारमा एक करोड एक लाख ३५ हजार दुुई सय नौ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम चार अर्ब २२ करोड ४० लाख १८ हजार दुुई सय ५५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज पाँच वटा समुहको सुचक बढेकाछन भने आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६७ अंकले बढेर १९ सय १३ दसमलव ३३ अंकमा पुग्दा निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक र लघुुबित्त समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने एक दसमलव ७२ अंकले घटेर चार हजार दुई सय ११ दसमलव २८ अंकमा झरेकोमा जलबिद्युुत, टे«डिङ, फाईनान्स, होटल तथा पर्यटन, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।