• गृहपृष्ठ
  • असार १ गतेको बाढीपछिको मेलम्ची खोला र मेलम्ची बजार (फोटो फिचर)

असार १ गतेको बाढीपछिको मेलम्ची खोला र मेलम्ची बजार (फोटो फिचर)

Jun 26th, 2021

सिन्धुपाल्चोक, १२ असार

सिन्धुपाल्चोकमा असार १ गतेपछि परेको अविरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण पाँच जनाको मृत्यु, चार सय परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी तीन सय ३७ वटा घर र ६० वटा गोठ, छ वटा मोटरेवल पुल र १३ वटा झोलुङ्गे पुल बगाएको छ । यसै गरी हेलम्बु–२ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने दुई वटा विद्यालय (सरस्वती मावि हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् । नदी किनारका बस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको छ ।

तस्वीर : देवराज सुवेदी, रासस