• गृहपृष्ठ
  • लकडाउनले समस्यामा परेका पीडित परिवारलाई अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपालद्वारा खाधान्न बितरन

लकडाउनले समस्यामा परेका पीडित परिवारलाई अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपालद्वारा खाधान्न बितरन

Jun 16th, 2021

काठमाडौँ, २ असार

कोभिड १९ का कारण नेपाल सरकारले गरेको लकडाउनले समस्यामा परेका दैनिक ज्यालादारी गरेर जिबिकोपार्जन गर्ने परिवारलाई आज अग्रवाल सेवा केन्द्र र उपकार सेवा नेपाल सस्था द्वारा गोदावरी सरोकार नामक सस्थाको सम्योजनमा खाधान्न बितरन गरिएको छ।

अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र खेतान ,उपकार सेवा नेपालका कार्यकारी अध्यक्ष राकेश अग्रवाल, सामाजिक अभियन्ता बेबि राजभण्डारी , गोपि कार्की , आयुस्मान के सि लगायतले सामाजिक दुरि कायम गरि कुसुन्ती ललितपुरको ३ छुट्टाछुट्टै स्थान गरेर १३ परिवारलाई चामल ,दाल, तेल, नुन बितरन गरेका छन ।

लकडाउन सुरु भए देखि हालसम्म उपत्यकाको विभिन्न स्थानमा विभिन्न संघ सस्था अभियन्ताको सहकार्यमा अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्र खेतान र उपकार सेवा नेपालका कार्यकारी अध्यक्ष राकेश अग्रवालले खाधान्न बितरन गर्दै आएकोमा आजको कार्यक्रममा सम्योजनको भुमिका सामाजिक अभियन्ता राजन थापा र बेबि राजभण्डारीले गरेको अभियन्ता गोपि कार्किले आधारभुमिलाई जनाएका छन ।