• गृहपृष्ठ
  • बुधवार थपिए २ हजार ८२८ जनामा कोरोना सङ्क्रमण, ३०८२ जना डिस्चार्ज, ५२ को मृत्यु

बुधवार थपिए २ हजार ८२८ जनामा कोरोना सङ्क्रमण, ३०८२ जना डिस्चार्ज, ५२ को मृत्यु

Jun 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २ असार

बुधवार थप २ हजार ८२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार २२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख १४ हजार २१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २२ जनाको परीक्षण भएको छ । हालसम्म ३२ लाख ४० हजार २९९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३०८२ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३०८२ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ४३ हजार ५२१ पुगेको छ ।

थप ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ५५८ पुगेको छ।