एकैदिन ५२ अंकले घट्यो नेप्से

Jun 16th, 2021

काठमाडौ, असार २

नेप्से एकै दिन ५२ अंकले घटेको छ । साताको चौथो कारोवार दिन आज बुुधबार नेप्से ५२ दसमलव ४१ अंकले घटेर २९ सय ६९ दसमलव ६९ अंकमा झरेकोमा सेन्सिटिभ पनि आठ दसमलव ५६ अंकले घटेर पाँच सय ४१ दसमलव ७० अंकमा झरेको छ । दुुई सय १९ वटा कम्पनीहरुको एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोवारमा दुई करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार तीन सय १९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा लघुुबित्त समुहले कमाएकाछन भने बाँकी समुहको गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ३३ अंकले घटेर एक हजार नौ सय ८१ दसमलव ४७ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सिईडिबी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जोेशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।