• गृहपृष्ठ
  • समस्त उद्योगी तथा व्यवसायीलाइ खोप सुबिधा उपलब्ध गराइ दिन चेम्वरको आग्रह

समस्त उद्योगी तथा व्यवसायीलाइ खोप सुबिधा उपलब्ध गराइ दिन चेम्वरको आग्रह

Jun 16th, 2021

काठमाडौ, असार २

विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयां भेरियण्टको कोरोनाभाइरस(कोभिड(१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने हुन्छ ।

नयां भेरियन्टको कोभीड-१९ को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको छ भने समयमै कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा हस आएको छ । अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको छ ।

यस परिस्थितिमा उद्योग तथा व्यवसाय संचालनका सिलसिलामा अग्रपंक्तीमा रही कार्यरत हुनु पर्ने भएकोले समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु ,चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाइ दुवै चरणको खोपको व्यवस्थाको नेपाल चेम्वर अफ कमर्स सम्वधित निकाय समक्ष आग्रह गर्दछ ।