• गृहपृष्ठ
  • जंगल सफारी लजको आकर्षक योजना , चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

जंगल सफारी लजको आकर्षक योजना , चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

Jun 16th, 2021

काठमाडौ, असार २

जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरेर ’पे नाउ, गो लेटर’ अफर ल्याएको छ । योजना अन्तर्गत पर्यटकले तीन रातको कोठाको मूल्य मात्र चार हजार रुपैयाँमा पाउनेछन् । कोभिड–१९का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको होटलका संचालक सुमन घिमिरेले बताए । ’कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ । यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौ,’ उनले भने । उनका अनुसार होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् ।

यो योजनामा सहभागी हुन पर्यटकहरुले असार महिनाभरी प्याकेज खरिद गर्नुपर्ने हुन्छ । आफुले खरिद गरेको प्याकेज मितिको १ महिना पछि होटलमा आएर बस्न सकिने उनले बताए । योजना अन्तर्गत पर्यटकहरुले २०७८ चैत २८ गतेसम्म प्रयोग गरिसक्नु पर्ने छ । योजनामा एक हजार जना सहभाागी गराउने घिमिरेले बताए । योजनामा ब्रेकफाष्ट उपलब्ध छैन र ग्रुप बुकिङको लागि यो योजना लागु हुने छैन । उनका अनुसार पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटलमा कोठा बुक गर्नुपर्नेछ । योजना नेपालमा रहेका एक्स प्याटसहरु पनि सहभागी हुन पाउने उनले बताए ।