• गृहपृष्ठ
  • बागमती प्रदेशको बजेट आकारमा सबैभन्दा ठूलो, प्रदेश बजेट स्वास्थ्यमा केन्द्रित

बागमती प्रदेशको बजेट आकारमा सबैभन्दा ठूलो, प्रदेश बजेट स्वास्थ्यमा केन्द्रित

Jun 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २

सातै प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । जसमा आकारको हिसाबले बागमती प्रदेशको सबैभन्दा ठूलो बजेट देखिन्छ । बजेटको आकार ठूलो सानो भएपनि सबैजसो बजेटको प्राथमिकता भने स्वास्थ्य क्षेत्र देखिएको छ।

बागमती प्रदेशले ५७ अर्ब ७२ करोडको बजेट ल्याएको छ । संघीय सरकारले नै घोषणा गरेको निःशुल्क खोपको नारा बागमती प्रदेश सरकारले पनि दोहो¥याएको छ ।प्रदेश एक नम्बर सरकारले ३२ अर्ब ४६ करोडरूपैयाँको बजेट ल्याएको छ । जममध्ये भौतिक पूर्वाधारतर्फ १३ अर्ब २१ करोड छुट्टाएको छ ।

त्यस्तै महामारीका बेला भएकाले स्वास्थ्य क्षेत्रको बजटेले पन प्राथमिकता पाएको देखिन्छ । स्वास्थ्यमा तीन अर्ब २५ करोड बजेट छुटाइएको छ ।पहाडी जिल्लामा उत्पादन हुने कृषि उपजलाई अर्गानिक बनाउनेदेखि चियामा अनुदानसम्मका कार्यक्रम राखिएका छन्

प्रदेश २ सरकारले ३३ अरब ७९ करोडको बजेट प्रस्तुत गरेको छ । चुरे संरक्षणका लागि १८ करोड ३६ लाख बजेट छुट्टाएको छ । प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक निर्माणलाई निरन्तरता दिँदै ६७ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।कोरोना उपचारका लागि आवश्यक औषधी, किटलगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ छुट्याएको छ ।

विपन्न नागरिकलाई सुरक्षित आवास,कृषि विकास सुदृढीकरणका लागि मझौला सिँचाइ आयोजना, बाढी पहिरोजस्ता समस्या र नदी नियन्त्रणका लागि ३० करोड, गजेन्द्रनरायण सिंहको शालिकका लागि ४ करोड र दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरि गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोडको बजेट ल्याएको छ । जसले स्वास्थ्य बीमा सरकारको जिम्मा भन्ने नारा ल्याएको छ । सामाजिक कार्यक्रम अन्तर्गत विपन्न बस्तीमा मुख्यमन्त्री देखि एक जिल्ला एक सहिद स्पारक पार्क बनाउने घोषणा गरिएको छ ।

लुम्बिनी प्रदेशले सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड विनियोजन गरेको छ ।

८३ वटा सडक पुल सम्पन्न र अन्य सडक पुलको डीपीआर बनाउन १ अर्ब ८६ करोड विनियोजन भएको छ । बजेटले स्वास्थ्य पूर्वाधार विकास, कृषि, पर्यटन, लघु तथा घरेलु उद्यमको माध्यमबाट रोजगारीलाई प्राथमिकता दिने भनिएको छ ।

कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोडको बजेट सार्वजनिक भएको छ । जसले बजेटमा स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखेको छ ।

महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा पुरानै योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम सरकारले ३० अर्ब ३३ करोडको बजेट ल्याएको छ । स्वास्थ्य सेवा सुधार र पूर्वाधार निर्माणमा जोड दिइएको छ ।सेतीप्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरिएको छ ।