• गृहपृष्ठ
  • निवर्तमान मन्त्री आलेका पहलमा २५ श्यया उपलब्ध

निवर्तमान मन्त्री आलेका पहलमा २५ श्यया उपलब्ध

Jun 15th, 2021

काठमाडौँ, १ असार /रासस

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल, डोटीका लागि रु सात लाख ५० हजार बराबरको २५ श्यया उपलब्ध गराइएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न श्यया अभाव भएको खबर आएपछि नेकपा (एमाले) का नेता आलेको पहलमा उक्त श्यया उपलब्ध गराइएको हो ।

स्व. मोहन गोपाल खेतानको सम्झनामा स्थापित परोपकारी संस्था अवसर पाउण्डेसन र गोरखा ब्रुअरी प्रालिले ती श्यया उपलब्ध गराएको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

उक्त संस्थाका अध्यक्ष पिपी खेतानले आज आलेलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो । उपलब्ध भएका श्ययाहरु अबको केही दिनमा डोटी पुग्ने गरी पठाउने तयारी भएको छ । आलेले यस अघि पनि आफ्नै लगानीमा जिल्ला अस्पतालमा भरिएका अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर तथा औषधि वितरण गर्नुभएको थियो । जिल्लामा अस्पतालमा २५ श्यया थप आउने भएपछि यहाँका नागरिकमा खुशीयाली छाउनुका साथै बिरामीको उपचारमा गर्न सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो ।