• गृहपृष्ठ
  • थप २ हजार ७४५ जनामा कोरोना सङ्क्रमण, ४१८७ जना डिस्चार्ज, ४१ को मृत्यु

थप २ हजार ७४५ जनामा कोरोना सङ्क्रमण, ४१८७ जना डिस्चार्ज, ४१ को मृत्यु

Jun 15th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १ असार

बिहीबार थप २ हजार ७४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार २९० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २९० जनाको परीक्षण भएको छ । हालसम्म ३२ लाख ३१ हजार ६१२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४१८७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४१८७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ४० हजार ४३९ पुगेको छ ।

थप ४१ को मृत्यु

पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ५०६ पुगेको छ।