उपत्यकामा एक साता निषेधाज्ञा थपियो

Jun 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ ३०

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय (थप एक साता) बढाउने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।खाद्यान्न ११ बजेसम्म,अनलाइन डेलिभरी दिने,पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने,हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने,कृषि कार्य सञ्चालन गर्न दिने लगायतको प्राबधान सहित निशेधाज्ञा एक हप्ता थपिएको छ।