पुगेनन् विद्यार्थीको हातमा पुस्तक

Jun 13th, 2021

काठमाडौ, जेठ ३०

नयाँ शैक्षिक सत्रका लागि पाठ्यक्रम विकाश केन्द्रले सम्पुर्ण पाठ्यक्रम छापेपनि कोरोना कहरका कारण नयाँ शैक्षिक सत्रका लागि तयार भएका विद्यार्थीहरले पाठ्यपुस्तक पाउन सकेका छैनन्, यसमा सरकारको पहल शुन्य देखिएको छ ।

सरकाले असार १ गते देखि सुरु गर्ने भनेको नयाँ शैक्षिक सत्र सुरु हुन केही दिन मात्र बाकी छ, तर सरकारले विक्रवितरणको पक्रियामा सहजता ल्याउन नसक्दा समस्या भएको जनकशिक्षा पाठ्यक्रम सामाग्री केन्द्रले जनाएको छ ।

यता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र असार १ बाट सुरु गर्न निर्देशन दिनुका साथ बैकल्पीक सिकाईलाई नै निरन्तरता दिनुपर्ने भन्दै विद्यार्थीको घर घरमा पुस्तक पठाउने प्रवन्ध मिलाउने भनेको थियोे तर, सरकार नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा लकडाउनको कारण देखाएर मौन बसिरहेको छ । शिक्षाविद् बालचन्द्र लुँईटेलका अनुसार अनलाईनको सिकाईमा गणित र विज्ञानको विषयमा विद्यार्थीलाई पढाउँदा अवरोध हुने तथा विद्यार्थीको सिकाईमा दिर्घकालिन असर गर्ने बताउँछन् ।

अहिले कोरोनामहामारीले गर्दा विद्यार्थीहरुको सिकाई प्रणालीमा प्रत्येक्ष असर परेको छ । सरकारले पाठ्यपुस्तक वितरणमा ढिलाई गर्ने हो भने, यो नयाँ शैक्षिक सत्रको सुरुवाति चरणमै विद्यार्थीको सिकाईमा असर गर्न सक्छ ।