• गृहपृष्ठ
  • चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल(भिडियो सहित)

चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल(भिडियो सहित)

Jun 11th, 2021

काठमाडौ, जेठ २८

गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् ।सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन् । कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।

प्रेम पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ ।