• गृहपृष्ठ
  • ओली सरकारको हरेक बजेट भाषणमा बुढीगण्डकी, मुआब्जा बाड्ने बाहेकको काम शुन्य

ओली सरकारको हरेक बजेट भाषणमा बुढीगण्डकी, मुआब्जा बाड्ने बाहेकको काम शुन्य

Jun 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, जेठ २८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालमा चारवटा बजेट सार्वजनिक गरिसकेका छन् । हरेकजसो बजेटमा उनने १२ सय मेगावाटको बुडीगण्डकी जलविद्युत आयोजनाको बारेमा चर्चा गर्न छुटाउँदैनन् ।

उनले सार्वजनिक गरेको पहिलो बजेट २०७५ /०७६ को बुदा नम्बर १४४ मुआब्जा बितरण सम्पन्न गरि निर्माण प्रक्रिया अघि बढाइने भनिएको थियो । त्यसपछिको दोस्रो बजेट २०७६ /०७७, बुदा नम्बर १६२ मा १३ अर्ब ५७ करोड बजेट बिनियोजन गरेको घोषणा गरियो । यसपछि तेस्रो बजेट २०७७ /०७८ को बुदा नम्बर २०९ मा लगानी ढाचा एकिन गरि कार्यान्वयन गरिनेछ भनियो । आगामी आर्थिक वर्ष अर्थात ओली नेर्तत्वको सरकारले ल्याएको चौथो बजेट २०७८/०७९को बुदा नम्बर ३१६ मा निर्माण ढाचा निर्धारण र स्रोत टुंगो लगाइने भनिएको छ ।

तर, ओली नेर्तत्वको सरकारले यसमा के कति काम गर्याे त भनेर खोतल्ने हो भने अहिलेसम्म कुनैपनि थप नयाँ काम गर्न नसकेको देखिन्छ । यति सम्म कि अहिलेसम्म निर्माणको मोडालिटी पनि टुङ्गो लागेको छैन ।

। निर्माणको ढाँचाबारे नै निर्णय गर्न नसकेको सरकारले ३५ अर्ब १० करोड मुआब्जा भने बाँडिसकेको छ । आयोजनाका कर्मचारीका नाममा वर्षेनि १ करोड रुपैयाँ खर्च भइरहेको छ ।

निर्माण अनिश्चित भएपनि आयोजनाका लागि भनेर पेट्रोल प्रयोगकर्तासँग कर उठाउन छोडिएको छैन । पाँच वर्षमा पूर्वाधार करका नाममा सरकारले ६८ अर्ब असुलिसकेको छ ।

राजनीतिक खिचातानीको भुमरिमा परेर यो आयोजना निर्माण अघि बढाउन नसकिएको हो । २०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले आयोजना अगाडि बढाउन विकास समिति गठन गरेका थिए । र उनले नै सोही वर्ष फ्रान्सको ट्रयाक्टेवेल कम्पनीलाई सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन तयार गर्ने जिम्मा दिए ।

त्यो कम्पनीले २०७२ मा आयोजना १२ सय मेगावाटको बनाउन सकिने, २ खर्ब ५९ अर्ब खर्च हुने र ७ वर्ष १० महिनामा आयोजना पूरा गर्न सकिने प्रतिवेदन दियो । तर, २०७४ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले विकास समिति खारेज गरी आयोजना बिनाप्रतिस्पर्धा चिनीयाँ कम्पनी गेजुवालाई सुम्पिएपछि यो आयोजना विवादमा मात्रै आएन धेरैका लागि राजनीति गर्ने थलो बन्यो ।

दाहालपछिका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यहि वर्ष गेजुवासँगको सम्झौता खारेज गरे । संसदीय समितिको निर्देशन बमोजिम देउवाले स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरे । अहिले ओली सरकारले गेजुवासँग छलफल गर्नु भनेर मन्त्रालयलाई निर्देशन दिएका छन् । तर छलफलले कुनै टुंगो नै पाउन सकेको छैन।