• गृहपृष्ठ
  • बहु प्रतिक्षित होण्डा सिबि ३५० डिएलएक्स अब नेपालमा

बहु प्रतिक्षित होण्डा सिबि ३५० डिएलएक्स अब नेपालमा

Jun 8th, 2021

काठमाडौ, जेठ २५

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि .ले बहु प्रतिक्षित होण्डाको सिबि ३५० डिएलएक्स गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनि प्रा लि का अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यो बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होण्डाको सिबि मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबि ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्धछ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यस सिबि ३५० डिएलएक्सको मूल्य सात लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन ।