• गृहपृष्ठ
  • हराएको नगद प्रहरीबाट विदेशी नागरिकलाई फिर्ता

हराएको नगद प्रहरीबाट विदेशी नागरिकलाई फिर्ता

Jun 8th, 2021

काठमाडौ, जेठ २५

फिनल्याण्ड नागरिक पर्सिज् मुर्ज्निकले ललितपुर गोदावरी नगरपालिका वडा नं.२ विष्टछाप एरियामा हराउनुभएको ६५० युरो र नगद रु. ४००००।– (चालिस हजार )प्रहरीले फेला पारेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको छ ।

ललितपुर गोदावरी नगरपालिका वडा नं.२ विष्टछापको एरियामा हराएको हुदा खोजतलास गरी पाउ भनि महानगरीय प्रहरी प्रभाग बाडेगाउँ कार्यालयमा लिखित निवेदन दिएको अनुसार कार्यालय प्रमुख प्र.नि. सुजित कुमार ओझाको कमाण्डमा खटिएको प्रहरी टोलि उक्त स्थानमा खटि गई हराएको नगद फेला पारी मिति २०७८।०२।२४ गते प्र.नि. सुजित कुमार ओझाबाट सम्बन्धित फिनल्याण्ड नागरिकलाई बुझाईएको छ।