• गृहपृष्ठ
  • थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक (भिडियाे)

थारु भाषाको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक (भिडियाे)

Jun 4th, 2021

काठमाडौ, जेठ २१

थारु भाषाको छोटो चलचित्र ’निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।

सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी,एमडी आलम, आकाश बिक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गरेकाछन ।

लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेब चौधरीको कथा ,कोपि कान्छुको मेकअप, अनिल शाहको छायांकन, निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ । सेबिल इन्टरटेनमेन्ट ब्यानरमा निर्माण गएको चलचित्रले निःसन्तान महिलालाइ हेर्ने सोच परिबर्तन गर्नुपर्नेमा जोड दिएको छ । चलचित्रका अन्य दुुई पार्टहरु क्रमश रिलिज हुने निर्माण पक्षले बताएको छ ।