• गृहपृष्ठ
  • तेस्रो भेरियन्ट देखिए पछि महानगरमा वार्षिक परीक्षा नहुने

तेस्रो भेरियन्ट देखिए पछि महानगरमा वार्षिक परीक्षा नहुने

May 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ५

पोखरामहानरगमा विद्यालयहरुको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण बढ्दो संक्रमण दर रोक्न पोखरा महानगरपालिका शिक्षा महाशाखाले उतm सूचना प्रकाशन गरेर महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो ।

पोखरा महानगरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य आगामी असार १ गतेदेखि मात्र शुरु हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत जारी गरेको छ । कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगर स्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।