• गृहपृष्ठ
  • पोखरा महानगरपालिकाद्वारा आन्तरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न निर्देशन

पोखरा महानगरपालिकाद्वारा आन्तरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न निर्देशन

May 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, ४ जेठ


पोखरा महानगरपालिकाले विज्ञप्ती जारी गर्दै आफ्नो क्षेत्र भित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई आन्तरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको छ ।
भौतिक उपस्थितिमा वार्षिक परिक्षा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयले लिएको त्रैमासिक, अर्धवार्षिक परिक्षाको आधारमा आन्तरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको हो ।

विज्ञप्ती अनुसार शैक्षिक सत्र २०७८ का लागि भर्ना सम्बन्धि कार्य असार १ गते बाट मात्र शुरु गर्न महानगरले निर्देशन दिएको छ ।