अनलाइन बाटै परिक्षा सुरु

May 18th, 2021

आधारभूमि संवाददाता

ल्लितपुर, ४ जेठ

काठमाडौँ महानगरभित्र भएका विद्यायहरुले विद्यार्थीहरुको परिक्षा टेलिफोन र जुम बाटै वार्षिक परिक्षा लिन थालेका छन् । महानगरले जेठ २० गते सम्ममा जुनसुकै प्रक्रिया अपनाएर भएपनि परिक्षा सम्पन्न गर्न निर्देशन दिए पछि परिक्षा सुरु गरिएको छ ।

कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछि अहिले काठमाडौँ महानगरका विद्यालयहरुले परिक्षाका लागि धमाधम तयारी गरिरहेका छन् । टेलिफोन, जुम र माईक्रोसफ्ट टिमको प्रयोग गरी विद्यालयहरुले परिक्षा लिईरहेका छन् । तर ईमेज विद्यालयमा पढ्ने निशा रिमाल परिक्षा तालिका विद्यालयले पठाएपनि नेटवर्क राम्रो नभएकाले समस्या भएको बताउँछिन् ।

महानगरले विद्यालय अनुकुन उपयुतm मुल्याङ्कन पक्रिया अपनाई विद्यार्थी मुल्याङ्कन गर्ने निर्देशन दिए संगै विभिन्न विद्यालयहरुले विद्यार्थीको शैक्षिक क्षेत्र अस्त व्यस्त भएकाले भौतिक उपस्थिती बाट परिक्षा लिन सम्भव नभएको प्रध्यापकहरुले पनि स्वीकार गरेका छन् ।

त्यसैले त्रैमासिक परिक्षाको आधारमा, प्रयोगात्मक र कक्षा कोठामा उपस्थिती भएको आधारमा प्रश्न प्रत्र पठाई परिक्षा लिन सुरु गरेको विश्वनिकेतन माविका विद्यालयका प्रधानाध्यापकको भनाई छ ।
कोरोना महामारीले विश्वमा ठुलो क्षति गरेको भएपनि यसले मानव सभ्यतालाई नयाँ कुरा सिकाएको छ । अहिले विश्व नै डिजिटल प्रविधि तर्फ गएको छ । शिक्षा क्षेत्रमा समेत यसले ठुलै परिवर्तन ल्याएको छ ।